समाचार

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी भन्ने महिलाको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका-३

समयगढमा तीज विशेष नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित समयगढमा तीज पर्वको अवसरमा हरितालिका तीज विशेष नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । समयगढ युनाइटेड क्लबको आयोजनामा आज शुक्रबार हरितालिका

सडकको पहुँचसँगै गाउँघरको निगुरो सहरका भान्सामा

भोजपुर, २१ भदौः भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन थालेको छ । सडकको पहुँच विस्तार भएसँगै गाउँघरमा खेर गइरहेको निगुरो अहिले ठूला सहरका भान्सामा पुग्न थालेको हो ।

आशा जगाउँदैछ कृषि औजार कारखाना

पर्सा, २१ भदौः राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । उहाँले बिहीबार बिहानदेखि वीरगञ्जको घण्टाघरबाट

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ, २१ भदौः अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको

बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता

बागलुङ, २१ भदौः बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१०

भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती

कञ्चनपुर, २१ भदौः पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन । व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन

सहाराविहीन विद्यार्थी पढाइरहेका प्रअ भन्नुहुन्छ, ‘बोर्ड पनि फेर्न सकिएन’

दाङ, २१ भदौ (रासस) : दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्यान प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने

बाजुराको खप्तड छेडेदहमा बालविवाह विरुद्ध नाटक

बझाङ, २१ भदौः सामाजिक सञ्जालको देखासिकीमा चिनजान । कलिलैमा विवाह । त्यसपछि श्रीमान्को दिनचर्या मदिरामा । बिरामीले थला परेकी दुईजीउकी श्रीमती धामीको शरणमा । स्वास्थ्यचौकी पुग्दा बच्चा मर्नु, परिवार तथा

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा, २१ भदौः जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको अहिले बिहानदेखि नै अत्यधिक भीड

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर

धार्मिक पर्यटकीयस्थल ऋखार ओझेलमा

बेनी, २० भदौः अग्ला पहाडले घेरिएको, हरियाली बुकी । थरिथरीका लेकाली फूलले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर अवस्थित छ । सानो तलाउमा रहेको डुङ्गा आकारको ढुङ्गामाथि अवस्थित ऋखार मन्दिर

कतार पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा  ओखलढुङगा चिसङखुढी नगरपालिका-६ पोखरे घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने २८ वर्षीय सुबास आले मगरलाई

प्रधानसेनापति शर्माको बिदाई

काठमाडौँ, २० भदौ : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ । उहाँ करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीन

यस्तो छ यस वर्षका लागि इन्द्रजात्राको साइत

काठमाडौँ । यँःया (इन्द्रजात्रा) मूल समारोह समिति र यँःया (इन्द्रजात्रा) व्यवस्थापन समितिका पदाधिकारीहरुका बिचमा जात्रा सञ्चालन, व्यवस्थापन र समन्वयका विषयमा छलफल भएको छ । सहरी योजना आयोगको सभा कक्षमा भएको

विद्यालयमा लप्सीको अचार बनाउन सिकाइँदै

गोरखा, १९ भदौः गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई पढ्दै आयआर्जन गर्न सिकाउन थालेको छ । विद्यार्थीलाई विद्यालयमा अचार बनाउने सिकाएर आयआर्जनसँग जोड्न थालिएको विद्यालयका

जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा पुग्यो बस

बागलुङ, १९ भदौः सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि मङ्गलबार दाबगरामा बस पुगेको छ । उहाँसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि

‘नेपाल आमा’को मूर्ति निर्माण सुरु भएपछि भम्केनी धाममा बढे पर्यटक

कञ्चनपुर, १९ भदौः कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसअघि प्रायः सुनसान रहने भम्केनी धाममा जगतगुरु

परिवारका तीन सदस्य अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

बाँके, १८ भदौः बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी पर्नुभयो । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उहाँको निधन भयो

सार्वजनिक बिदामा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन

काठमाडौँ, १८ भदौः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही ठूला सरकारी अस्पताल र प्रयोगशालालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन गरेको छ । मन्त्रालयले ३४ अस्पताल र प्रयोगशाला