समाचार

पहिलो पाइला नेपाल कमल शाखाद्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

कमल । पहिलो पाइला नेपाल कमल शाखाले कमल–५, स्थित पाडाजुङ्गीमा हिजो (मंगलबार) दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। भदौ २३ गते आयोजित कार्यक्रममा जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरू तथा भोटेकोशी

इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाको ३०औँ वार्षिक साधारणसभा सम्पन्न

कमल । झापाको कमल गाउँपालिका–७, गेउरीया स्थित इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३०औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कपिलप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभामा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने

कमलमा ‘होटल बनमारा क्याफे एण्ड लज’ सञ्चालनमा

कमल । झापाको कमल गाउँपालिकामा ‘होटल बनमारा क्याफे एण्ड लज’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। कमल गाउँपालिका–५, पाडाजुङ्गीस्थित होटलको एक कार्यक्रमबीच कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले रिबन काटेर उद्घाटन गरेका हुन्।

पहिलो पाइला नेपाल कमल शाखाको कार्यसमिति गठन तथा पदस्थापना

कमल । सामाजिक क्षेत्रमा क्रियाशील संस्था पहिलो पाइला नेपाल, कमल शाखाले नयाँ कार्यसमिति गठन तथा पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ। कमल गाउँपालिका–५, पाडाजुङ्गीस्थित वनमारा क्याफेमा आयोजित कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्था, जनप्रतिनिधि,

कमलनगर जेसीजको एघारौँ स्थापना दिवस सम्पन्न

कमल । झापाको कमलनगर जेसीजको एघारौँ स्थापना दिवस मंगलबार सम्पन्न भएको छ। कमल–५, पाडाजुङ्गीस्थित बनमारा क्याफेमा आयोजित कार्यक्रममा केक काटेर स्थापना दिवस मनाइएको हो। कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने

‘कर्तव्य’ कथाको सान्दर्भिकतामाथि अन्तरसंवाद

गौरीगञ्ज – साहित्य चौतारी गौरीगञ्जले साहित्यिक कार्यक्रमको क्षेत्रमा फरक र सिर्जनात्मक पहल गर्दै कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित चर्चित कथा ‘कर्तव्य’को सान्दर्भिकतामाथि अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ। गौरीगञ्ज माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा

माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितासहित सुरुङ्गा जेसीज सप्ताह सुरु

सुरुङ्गा, साउन १८ । सुरुङ्गा जेसीजको आयोजनामा जेसीज सप्ताह–२०२६ मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन कन्काई नगरपालिकाभित्रका माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो। सुरुङ्गा जेसीजकी

तेह्रथुममा सवारी साधनको यान्त्रिक चेकजाँच कार्यक्रम सम्पन्न

तेह्रथुम, असार ३० – तेह्रथुममा साना तथा ठूला सवारी साधनहरूको यान्त्रिक चेकजाँच कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी (सुनसरी) को आयोजनामा जिल्ला प्रशासन

साहित्य चौतारी गौरीगञ्जले मनायो २१३औँ भानुजयन्ती

गौरीगञ्ज, असार २९। साहित्य चौतारी गौरीगञ्ज, झापाको आयोजनामा २१३औँ भानुजयन्ती आज (सोमबार) विविध साहित्यिक कार्यक्रम गरी मनाइएको छ। गौरीगञ्ज माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने (कुँवर) प्रमुख

गौरादह जेसीजद्धारा व्यावसायिक वक्तृत्वकला कार्यशाला कार्यक्रम सम्पन्न

गौरादह, असार २९ – गौरादह जेसीजको आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु.), गौरादह कृषि क्याम्पसको सह–आयोजनामा “Professional Speaking Workshop” सम्पन्न भएको छ। गौरादह कृषि क्याम्पसको सभाहलमा आयोजित कार्यशालामा विद्यार्थी तथा

आदिकवि भानुभक्त आचार्यको आज २१३औं जन्मजयन्ती

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

इलाम – मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताउनुभएको छ । नेपाली शिक्षा परिषद् र भानु माध्यमिक विद्यालयले भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको

दमकमा रोटरी क्लब अफ दमकको १५औँ पदस्थापन समारोह सम्पन्न, पत्रकार डिकेन्द्र बस्नेत सम्मानित

दमक, असार २७ — रोटरी क्लब अफ दमकले शुक्रबार दमकस्थित मातृभूमि पार्टी प्यालेसमा १५औँ पदस्थापन (इन्स्टलेसन) समारोह भव्य रूपमा सम्पन्न गरेको छ। समारोहमा नवनिर्वाचित अध्यक्ष रोटरियन सागर श्रेष्ठको औपचारिक पदस्थापन,

कमलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सम्पन्न

कमल । डेंगु, चिकुनगुनिया लगायत लामखुट्टेजन्य रोगको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले कमल गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा सञ्चालन गरिएको लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान शनिबार कमल गाउँपालिका–५, पाडाजुङ्गी (मङ्गलबारे) मा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दीः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार भएको छ।  चालु आर्थिक वर्ष २०८२/८३ मा अन्नपूूर्ण गाउँपालिकाले विनियोजन गरेको रु २७ लाख र गण्डकी प्रदेश सरकारको रु

प्रथम अधिवेशनबाट पर्यटन पत्रकार मञ्च झापाको नयाँ कार्यसमिति चयन

झापा । पर्यटन पत्रकार मञ्च झापाको प्रथम अधिवेशनबाट कमलप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। नवगठित कार्यसमितिले पर्यटन पत्रकारिताको विकास, पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन तथा पत्रकारहरूको क्षमता अभिवृद्धिका क्षेत्रमा सक्रिय भूमिका

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३र८४ को नीति, कार्यक्रम तथा बजेटमा नगरभित्रका

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ । जिल्ला सुरक्षा समितिले उक्त

मिक्लाजुङमा निःशुल्क दन्त शिविर सम्पन्न

दमक – मोरङको मिक्लाजुङ–३ (टाँडी) धोबेनीस्थित कालिका सामुदायिक माध्यमिक विद्यालयमा शुक्रबार एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । कालिका सामुदायिक माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा दमकस्थित