कमलनगर जेसीजको दशैं शुभकामना आदानप्रदान तथा विशेष भेटघाट सम्पन्न
कमल । कमलनगर जेसीजको आयोजनामा मानार्थ सदस्य जेसी गणेश कार्की र नेपालका परिचित रेस्लिङ खेलाडी हिक्मत थपलियासँग विशेष भेटघाट तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
२०८३ कात्तिक २ गते सोमबार कमल–५, पाडाजुँगीस्थित वनमारा क्याफेमा आयोजित कार्यक्रममा सहभागीहरूले बडादशैंको शुभकामना आदानप्रदान गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेका थिए।
कार्यक्रममा कमलनगर जेसीजले सन् २०२७ मा आयोजना गर्न लागेको नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्ने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रममा कमलनगर जेसीजका पूर्वअध्यक्ष, सिनेटर, आजीवन सदस्य, बोर्ड पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। भेटघाटले संस्थागत सम्बन्ध सुदृढ गर्नुका साथै आगामी सम्मेलनको तयारीमा थप सहकार्य र समन्वय बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



