धनकुटा सिटि जेसीज वर्ष २०२५ को अध्यक्षमा दिनेश भण्डारी निर्विरोध निर्वाचित

झापा, २४ पौष : धनकुटाको धनकुटा सिटि जेसीजको सत्रौँ बार्षिक साधारणसभा तथा शाखा अधिबेशनबाट वर्ष २०२५ का लागि अध्यक्षमा जेसी दिनेश भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तैगरि कार्यकारिणी उपाध्यक्षहरूमा जेसी सुवास भट्टराई र जेसी सविन श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तैगरि उपाध्यक्षहरूमा जेसी बुद्ध तामाङ, जेसी दुर्गा घिमिरे, जेसी मिलन बुढाथोकी र जेसी दिपा थापा निर्वाचित भएका छन् ।

यस्तै सचिवमा जेसी केल्सन धिमाल, तालिम निर्देशकमा जेसि इन्द्र वहादुर श्रेष्ठ र जनसम्पर्क अधिकारीमा जेसि निर्मला दाहाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्