इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाको २८ औँ वार्षिक साधारसभाबाट अध्यक्षमा आचार्य सर्वसम्मत चयन
कमल । झापाको कमल गाउँपालिकामा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
कमल–७, स्थित गेउरीयामा रहेको उक्त संस्थाको २८ औँ वार्षिक साधारसभाबाट ११ सदस्य सञ्चालक समिति सर्वसम्मत चयन भएको हो ।
समितिको अध्यक्षमा कपिल प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा अक्कल बहादुर गुरुङ, महिला उपाध्यक्षमा सविता काफ्ले र सचिवमा रोशन कुमार अधिकारी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा देवीमाया बस्नेत, निर्मला भण्डारी, चन्द्रप्रकाश राई, कमल बारकोटी, चन्द्रकला निरौला, रुकमिणा ढकाल, देऊप्रकाश राई चयन भएका छन् ।
त्यस्तैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा हरि प्रसाद पौडेल तथा सदस्यहरुमा पुष्पलता गौतम (आचार्य) र लाल बहादुर सुनुवार चयन भएका छन् ।



