कमला मदन आश्रित स्मृति माविमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बराल चयन

कमल । झापाको कमल गाउँपालिकामा रहेको श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

कमल–२, क्याम्पामा अवस्थित उक्त विद्यालयमा सोमबार बसेको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा होम बहादुर बराल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा अशोक सुब्बा, कुमार बस्नेत, मेखलाल श्रेष्ठ, गोमादेवी पौडेल, पार्वता फुयल न्यौपाने, मिनादेवी शर्मा चयन भएका छन् ।

त्यसैगरी शिक्षक प्रतिनिधिमा धरणिधर गजुरेल चयन हुनु भएको छ भने सदस्य सचिवमा प्रधानाध्यापकका हिमप्रसाद दहाल चयन हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्