इन्द्र लोहनी स्मृति विद्यालयमा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)
कमल, १८ माघ : झापाको कमल गाउँपालिकामा रहेको श्री इन्द्र लोहनी स्मृति विद्यालयमा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिका वडा नं. १ देवीचौनमा दमक थुलुङ्ग डेन्टलको प्राविधिक सहयोगमा आज शुक्रबार सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिमा दमक थुलुङ्ग डेन्टलकी सञ्चालिका डा. सोफिया थुलुङ्ग रहनु भएको थियो । विद्यालयमा अध्ययनरत विध्यार्थी र अभिभावकहरूको निःशुल्क दन्त जाँच गरिएको थियो । शिविरबाट करिव ३ सय जना लाभान्वित भएका छन् । दन्त शिविरमा विद्यार्थी तथा अभिभावकहरुको दातमा लाग्ने गरेको विभिन्न किसिमका रोगहरुको बारेमा जानकारी दिइएको थियो ।
त्यसैगरी दन्त शिविर कार्यक्रममा दमक स्थित दमक नगर इसाई समाजले शिविर सम्पन्न गर्नको लागि सहयोग समेत प्रदान गरेको थियो ।
दन्त शिविरमा परीक्षण गराएका बिरामीलाई अस्पतालमा जाँदा २५ प्रतिशतसम्म छुट दिने दमक थुलुङ्ग डेन्टलका सञ्चालक डा. सोफिया थुलुङ्गले बताउनु भयो ।
कार्यक्रममा देवीचौन टोल विकास समितिका अध्यक्ष इन्दिरा खड्का, डा. हाङमा माखिम, निकिता घिमिरे, सरतराज राजवंशी, अनिलदेव राई लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुर कार्कीले गर्नुभएको थियो, कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी सहायक प्रधानाध्यापक भूमिका चापागाईले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका अर्चना कार्कीले गर्नुभएको थियो ।
दन्त शिविर कार्यक्रम समापनको अवसरमा श्री इन्द्र लोहनी स्मृति विद्यालय र दमक थुलुङ्ग डेन्टलका बिच अन्र्तक्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो ।













