नेपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३२औँ वार्षिक साधारणसभा सम्पन्न
कमल । झापाको कमल गाउँपालिका–४, जोगीचौनस्थित नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको ३२औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष वसन्त पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई प्रमुख अतिथि तथा वडा नं. ४ का अध्यक्ष चन्द्रप्रसाद भट्टराई, वडा सदस्य नवीन राई विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा संस्थाका उपाध्यक्ष राजकुमार तामाङले स्वागत मन्तव्य राखेका थिए। साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष बसन्त पौड्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक लेख बहादुर बुढाथोकीले प्रस्तुत गरेका थिए भने स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन संस्थाका व्यवस्थापक हरी अधिकारीले सभामा प्रस्तुत गरेका थिए।
वि.सं. २०५२ सालमा सुरु गरेको सहकारीमा हाल ५४२ जना शेयर सदस्य रहेका छन् । प्रतिवेदन अनुसार संस्थाको कुल शेयर पुँजी ९७ लाख ६० हजार ८ सय रुपैयाँ रहेको छ भने संस्थाको बचत संकलन ५ करोड २१ लाख ३९ हजार ०७४।२३ रुपैयाँ रहेको छ ।
आ.व. २०८२/०८३ को खुद बचतबाट बाँडफाँड गरिएको रकम मध्येबाट सदस्यहरुलाई शेयर लाभांश बापत जम्मा १२ लाख ७७ हजार ९२३।५३ रुपियाँ वितरण गरिने साथै सदस्यको कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट ६ लाख ५९ हजार ७ सय ४३।६९ रुपैयाँ समानुपातिक हिसाबले वितरण गरिने संस्थाका अध्यक्ष बसन्त पौड्यालले बताउनुभयो ।
साधारणसभामा सञ्चालक समिति, सल्लाहकार समिति, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिका सदस्यहरू, व्यवस्थापकसहित कर्मचारी र संस्थाका करिब ७५ प्रतिशत सदस्यहरूको सहभागिता रहेको छ।
सो अवसरमा नियमित दूध बिक्री गर्ने, उत्कृष्ट तथा बढी दूध उत्पादन गर्ने शेयर सदस्य, असल ऋणी, उत्कृष्ट कारोबारकर्ता र ज्येष्ठ शेयर सदस्यलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो। सभामा प्रस्तुत विभिन्न प्रतिवेदनहरू पारित गर्दै ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।



