सुन तोलाको ३ हजारले बढ्यो

काठमाडौं :  नेपाली बाजरमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजारले बढेर दुई लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन तोलाको दुई लाख ७८ हजार ५ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ३९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्