आइतबार सुनको मूल्य ४५ सय रुपैयाँले घट्यो
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४५ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४५ सय रुपैयाँले घटेर दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ३३० रुपैयाँले घटेर प्रतितोला ५०६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



