ह्वात्तै बढ्यो पेट्रोलियम पदर्थको मुल्य
झापा । पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ।
नेपाल आयल निगमले सार्वजनिक गरेको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरिएको छ।
निगमले भारतबाट मूल्य बढेर आएका कारण त्यसै अनुसार समायोजन गरिएको जनाएको छ।




