युवाका सारथी अनिलदेव
-मदन भट्टराई (जितु)
दमक : झापाको पत्रकारिता त्यसमा पनि विशेषत माई पश्चिमको क्षेत्रलाई समेटेर भन्नू पर्दा बिगत दुईदशक भन्दा धेरै अनवरत क्रियाशिल पत्रकारहरुको अग्रपंक्तिमा आउने नाम हो अनिलदेब राई ।
जस्तो सुकै प्रतिकुल परिस्थितिमा पनि आफ्नो कलम मार्फत आवाज बिहिनहरुको आवाजलाई कागज मार्फत समाजमा पुर्याउनु उनले आफ्नो कर्तव्य ठानेका छन् । आत्माप्रशंसालाई नरुचाउने शालिन भद्र इमानदार र हसिलो स्वभावका धनी राई पछिल्लो समय पत्रकारिता क्षेत्रमा आउन चाहाने नँया पुस्ताका लागि एक सारथी र धेरै पत्रकारहरु उहाँप्रती अभिप्रेरित छन् । कलमको मसिलाई कागजमा कोर्दै आफुलाई आजको दिनसम्म अनबरत एक अब्बल पत्रकारको रुपमा उभियाउन सफल झापाली त्यसमा पनि माई पश्चिमलाई आफ्नो कार्यक्षेत्र बनाएका पत्रकारिताका एक अथक यात्री हुन अनिलदेब राई ।
पारिवारिक :
वि.सं. २०३७ साल साउन ६ गतेका दिन बुवा मोहन प्रकाश राई र आमा सुजाता राईको कोखबाट घरको पहिलो सन्तानका रुपमा यस धर्तीमा पाइला टेकेका हुन् । पाँच जनाको परिवारमा उहाँ पछि एक भाई र एक बहिनीको जन्म भएको हो । शिक्षित परिवारमा जन्मिएका राईको परिवारको आर्थिक अवस्था भने सामान्य थियो । त्यस बेला बुबा शिक्षण पेशामा आवद्ध हुनुहुन्थ्यो भने आमा समाजसेवामा सक्रिय हुनुहुन्थ्यो ।
त्यो वेलादेखि नै बुबा विद्यालयको शिक्षक जागिरे भएकाले वरपर गाउँघरमा लेखापढी गर्ने भएकाले भेटघाटका लागि मान्छेहरु आइरहने गर्थे । त्यो सबै राईले सानै देखि देख्दै र महसुस गर्दै आएका थिए ।
उहाँका बुबा धेरै पुस्तकहरु अध्ययन गर्नुहुन्थ्यो बाबुले अध्यान गरेका ती पुस्तकहरु बाल्यकालदेखि उनि हेर्ने र पढ्ने गर्थे । राई उतिवेला साहित्यमा समेत रुची राख्नेगर्थे । जानी नजानी कविता लेख्ने र बाचन गर्ने गर्थे । तर त्योबेला साहित्य त्यति सजिलो पनि थिएन जति बाहिरबाट हेर्दा सहज र सरल देखिन्थ्यो तर पनि उहाँ हरपल प्रयास र कोशिस गरि रहन्थे ।
बुबा शिक्षक भएको कारण उनले सानैदेखि विद्यालय प्रवेश गरे । छिटै एसएलसी उर्तीण पनि गरे । विद्यार्थीकाल देखि नै उनी विद्यार्थी राजनीति संगठनमा सक्रिय भए । बुबा शिक्षण पेशासंगै क्रम्युनिष्ट राजनीतिमा समेत काम गर्नेभएकोले गर्दा उहाँ पनि विद्यार्थी राजनीतिमा नजिक हुने अवसर मिल्यो र त्यस्तै होमिए ।
वि.सं. २०५३ सालमा एसएलसी उर्तीण गरेपछि उहाँले भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा अध्ययनसुरु गरेका थिए । सानैदेखि साहित्यमा रुची राख्ने भएकाले । केही साथीहरु मिलेर क्याम्पसमा भित्ते पत्रिका समेत प्रकाशन गरेको त्यो पल अझै ताजै छ उहाँ सँग।
पत्रकारिता यात्रा :
पछि केही साथीहरु मिलेर हवाई तथा लघु पत्रिकाहरु प्रकाशन गरेका थिए । वि.सं. २०५७ मा राई सहित साथीहरु भएर झापाको शिबगञ्जबाट हवाई लघु पत्रिका गोरेटो पत्रिका प्रकाशन गरेको अझै आखामा झलझल आउने गरेको छ उनको । त्यो समय पत्रकार बन्नु र पत्रिका प्रकाशन गर्नु आफैमा निक्कै चुनौतीको बिषय थियो । साहित्य पत्रकारितासँगै विद्यार्थी राजनीतिमा सक्रिय हुदै वि.सं. २०५८ सालमा बिर्तामोडबाट प्रकाशन हुने साप्ताहिक पत्रिका मुक्ति आवाजमा राईले काम गरे । त्योबेला पत्रकारिता गर्न सजिलो थिएन समाचार लेख्दा होस् या साहित्यलेखनमा होस् विशेष ध्यान दिनुपर्ने हुन्थ्यो कारण देशमा बड्दै गरेको अशान्ति हिंसा राईले सक्रिय पत्रकारिता गर्दा समाजमा माओवादीको राजनिति आन्दोलन र हिंसा निकै डरलाग्दौ थियो ।
उहाँले झिलझिले (सतासीधाम गाविस, हाल शिबसताक्षी नगरपालिका) बाट औजार दैनिकको रिपोटिङ गर्ने पत्रकार थिए। ग्रामीण भेगका समस्य घटना र त्यसबाट उत्पन्न भएका सवालहरुलाई पत्रपत्रिकाको माध्यमबाट सुचना प्रवाह गर्नु पर्छ नागरिकहरुलाई सुसूचित गर्नु पर्छ भन्ने सोच उहाँमा थियो । जतिबेला पत्रकारिता गरेर जिविकोपार्जन गर्न सक्ने अवस्थ कमैमात्र थियो व्यबसायिक पत्रकारहुन ठुलै शहर या त काठमाडौ नै छिर्नु पर्ने अवस्थ थियो तर पनि राईले गाउँबाट नै त्यो यात्रा तय गरे । पत्रकारिता गर्दै गर्दा उहाँसँग तिता मिठा अनुभव पनि नभएको होइन ।
अनुभव :
त्यसवेला अहिलेको जस्तो इन्टरनेट थिएन । साधा कपी (पेपर) मा लेखेर फयाक्स गरी समाचार पठाइन्थ्यो । सतासीधामको सामुदायिक बन जङ्गलमा सखुवाको रुख कटान गरी चोरी तस्करीको एउटा समाचार उहाँले लेखेका थिए । चोरी तस्करीमा वाइसियलको भूमिकाको विषयमा त्यस समाचारलाई लिएर तत्कालिन माओवादीको युवा संगठन वाइसियलका एक नेताले उहाँलाई तिन चार दिन कार्वाही गर्ने भन्दै समाचार सच्याउन लगाएको थियो । समाचार नसच्याए उहाँलाई तह लगाउने भन्दै अनेकौ प्रश्न र धम्की समेत दिएका थिए । तर पनि उहाँ त्यो डर धम्कीबाट अलिकति पनि बिचलित नभई आफ्नो काम र पेशालाई कर्तव्य ठानी लागिरहे ।
राईले पत्रकारिताको माध्यमबाट समाजमा भएका शोषण, विकृति विसङ्गती विरुद्ध कलम चलाउनु पर्छ भन्ने भावना उहाँमा सानै देखि थियो । त्यस्तै ६१–६२ सालबाट धरानबाट प्रकाशन हुने औजार दैनिकमा समेत काम गरे त्यो बेला पत्रकार हुनु आफैमा चुनौतीपुर्ण थियो । तर पनि पत्रकारिताको माध्यमबाट समाजमा केही परिवर्तन हुन सक्छ भन्ने मनमा हुटहुटि बोकेका राईले खोज मिसन पत्रकारिता गर्न कहिलै छोडेन्न । आफ्नो पेशाको गरिमालाई सधै आत्मासाथ गर्दै सोहि माध्यमबाट आफुलाई अहिलेको यो उचाई सम्म ल्याई पुर्याएका हुन् ।
यहि पेशामा लागि रहदा साइकलमा रिपोटिङका क्रममा धेरै ठाउँ पुग्नुपर्ने भएकोले कहिलेकाही गोजिमा पैसा नहुदाँ पम्मचर भएको साइलकको टायर वा टिउ टाल्न नसकेको त्यो दुःखत् क्षण उहाँको नजरमा आउछ । अनिलदेबलाई सानैबाट कुनै न कुनै माध्यमबाट यो समाज र राष्ट्रलाई सेवा गर्नु पर्छ या राष्ट्रसेवक बन्नु पर्छ भन्ने भाब थियो यदि उहाँ पत्रकारिता क्षेत्रमा नआएको भए आफु बाबुको पेशालाई नै पछ्याउँदै शिक्षक बन्थे या त प्रहरी, उहाँलाई प्रहरी बन्न खुब रहर थियो । सानै हुदाँदेखि गाउँघरमा प्रहरीहरु देख्दा प्रहरी हुने रहर जागेर आउथियो ठूलो भएपछि, एसएलसी पछि अनि उच्च शिक्षा आर्जनपछि प्रहरीलाई नजिकबाट उहाँले हेरे र बुझे ।
पछि पनि उनिहरु जस्तै राष्ट्रका निम्ति योगदान गरु भन्ने सोचाई थियो र आफू नेपाल प्रहरी भई राष्ट्रसेवक बन्ने ठुलो सपना थियो । तर प्रहरी बन्ने उनको त्यो रहर र सपना एउटा मिठो कल्पनाको सागरमा बिलाएर गयो र पत्रकार बन्दै गए । पत्रकारिता व्यवसाय समाज राष्ट्र र संसार कै एउटा ऐना जस्तै पार्दशी चित्र भएकाले सोको माध्यमबाट संसारलाई चित्रण गरेर देखाउन मिल्छ भन्ने उहाँमा लाग्थ्यो र कुनै कसै प्रती पुर्वाग्रह नराखी जस्ताको त्यस्तै कलमको माध्यमबाट चित्रण गर्न कहिलै छोडेन्न राईले । सुरुवाती दिनहरुमा कष्टपुर्ण समय बिताएपनि पछिल्ला दिनहरुमा पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानलाई मुल्यांकन गदै विभिन्न संघसंस्थाहरुले सम्मान कदर गर्दा बिगतका दुख भुल्ने गर्छ्न ।
सानैदेखि एउटा कान्तिकारी स्वभाव भएका मान्छे । उहाँलाई कसैले कसैप्रती अन्याय वा शोषण भइरहेको पट्क्कै मन पर्दैन थियो र देख्न सक्दैन थिए । उहाँ भित्र सकारात्मक बिचार थियो सकारात्मक सोच थियो त्यहीँ सोचका धनी राई पछिल्लो समय युवा पत्रकारहरुको रोजाइमा पर्दैछ्न नम्र बोली, हसिलो स्वाभाव सबैसंग छिटै घुलमिल हुनसक्ने क्षमता र शिष्ट व्यबहारले गर्दा उहाँलाई पत्रकारिता संगै चुलिएको उनको शालिनताको परिचय बन्दै गएको छ । घरमा पनि बुबा शिक्षक भएकाले गाउँघरमा बुबालाई सवैले आदर र सम्मान गर्ने भएकोले उहाँलाई पनि सम्मानित जीवन जीउनु पर्छ भन्ने चाहान्थे र आजको दिनसम्म त्यही बाटोमा हिडिरहेका छन् र अरुलाई पनि सम्मानित जीवन जिउन उहाँको आग्रह छ ।
राई सामाजिक न्याय र परिवर्तनका पक्षमा काम गरौ भन्ने योजनाका साथ अघि बढ्दै गर्दा पत्रकारिता क्षेत्रमा आएका हुन् । मिजासिला स्वभाव भएका राई कुनै पनि बेला जस्तोसुकै परिस्थितिमा पनि नया युवा पत्रकारहरु माझमा रमाउन र आफ्नो अनुभव बाड्नका लागि कति पनि पछि हट्दैन्न र त्यही कारण युवामाझ लोकप्रिय बनेका हुन् । पछिल्लो समय पत्रकारिताको क्षेत्रमा बिकृती आएकोमा चिन्ता व्यक्त गर्दै राई सधै खोज पत्रकारिता र मिसन पत्रकारिता गर्न युवाहरुलाई सल्लाह दिन्छ्न ।
भावी योजना :
आगामी समय परिवारको निम्ति बिताउने योजना बनाएका राई आफ्ना सन्तानको उज्ज्वल भविस्यका लागि आफू संघर्षशिल रहेका छन् । आमा बुबाको हेरचार आफ्नो छोराछोरीको हेरचार उनीहरुको शिक्षा स्वास्थ्य र भविष्यको निम्ति सधै अटल र दर्बिलो आड बनेर उभिएका छन् । धेरै समय सक्रिय पत्रकारको रुपमा परिचीत राई पछिल्लो समय आफू सक्रिय पत्रकारिताबाट टाढा हुदै आइरहेको र अवको समय विभिन्न लेख, रचना र सृजनात्मक कार्यमा समय दिेने उहाँको भाबी योजना छ ।
उहाँको साहित्यतर्फ रुची भएकाले गीत, कविता र गजल अनि कथा समेत लेख्ने गर्छ्न र यसलाई जिबनको अन्तय सम्म निरन्तरता दिने उहाँको इच्छा छ ।
त्यसैले अवको समय साहित्यतर्फ केही सानो तिनो काम गरु भन्ने सोचाई रहेको छ, अर्थात पुस्तक प्रकाशन गर्ने, गीतहरु रेकर्ड गर्ने अब उहाँको लक्ष्य रहेको छ ।
हाल :
पत्रकारिताको शिलशिलामा आफ्नो परिवार सहित दमकमा बसोवास गरिरहेका छन् । यतिबेला दमकमा पत्रकार राईका एक छोरी कृपा राई र एक छोरा बिनम्र राई सहित पत्रकार राईका श्रीमति नानुमैया राई रहेका छन् ।
अन्त्यमा :
पहिला पहिला समाजमा पत्रकार हु भन्दा मानिसहरुले सामान्य रुपमा लिने गरेता पनि जब देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्यो तबबाट राज्यले चौथो अंगका रुपमा राख्यो र सम्मान दियो त्यहाबाट अझ बढी पत्रकारिता क्षेत्रमा युवाको आकर्षण बढदै जान थालेको उहाँको बुझाई छ । पत्रकार हुन शिक्षाले मात्र पर्याप्त नहुने त्यसमा पत्रकारमा हुनु पर्ने न्युनतम गुण विशेषता हुन जरुरत रहन्छ भन्ने मान्यता राईमा छ । पत्रकारिता आफैमा एउटा बौद्धिक व्यवसाय भएकाले यो पेशामा सधै रहन निरन्तर खोज अध्यान अनुसन्धान र लगनशीलता भन्ने कुरालाई सधै मनमा राख्नु पर्ने अनिलदेबको बुझाई छ । बर्तमान समय स्रोत साधन सेवा सुबिधा सम्पन्न भएकाले यसलाई सहिरुपमा सहि तरिकाले चलाउन सके र जाने पत्रकारिता पेशाबाट पनि पुर्णरुपमा जिबिकोपार्जन गर्नसकिनेमा राई बिश्वस्त छन् ।



