लखनपुर स्वास्थ्य चौकीमा MSS कार्यक्रम : अध्यक्ष राईको जोड-“अब गुणस्तरीय सेवा अझ सुदृढ हुन्छ”
कमल । झापाको कमल गाउँपालिका–६ स्थित लखनपुर स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी अभिमुखीकरण तथा समीक्षा कार्यक्रम पनि सम्पन्न भएको छ।
कार्यक्रममा अध्यक्ष हुकुम सिंह राईको सक्रिय सहभागिता रहेको थियो। उनले स्वास्थ्य सेवा गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मापदण्डअनुसार सेवा प्रवाहलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका थिए। साथै, लखनपुर स्वास्थ्य चौकीको नयाँ भवनबाट छिट्टै सेवा सञ्चालन हुने जानकारी दिँदै त्यसपछि अझ व्यवस्थित र गुणस्तरीय सेवा प्रदान गरिने बताए।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहाल, स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। अघिल्लो तथा चालु आर्थिक वर्षको सेवा मूल्यांकनको समीक्षा गरिएको स्वास्थ्य चौकी प्रमुख विशर्जन मोक्तानले जानकारी दिए भने कार्यक्रम सञ्चालन जनस्वास्थ्य निरीक्षक देवराज पराजुलीले गरेका थिए।



