नेपाल जेसीज वर्ष २०२७ को राष्ट्रिय उपाध्यक्ष पदमा इमाडोल जेसीजबाट जेसी सृजना श्रेष्ठको उम्मेदवारी
झापा । इमाडोल जेसीजकी निवर्तमान अध्यक्ष जेसी सृजना श्रेष्ठले नेपाल जेसीज वर्ष २०२७ को राष्ट्रिय उपाध्यक्ष पदका लागि इमाडोल जेसीजको प्रतिनिधित्व गर्दै आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ।
नेतृत्व, व्यावसायिक दक्षता, उद्यमशीलता तथा सामाजिक सेवाको क्षेत्रमा विविध अनुभव हासिल गर्नुभएकी जेसी सृजना श्रेष्ठ जेसीज अभियानमा निरन्तर सक्रिय र समर्पित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।
शैक्षिक रूपमा उहाँले व्यवस्थापन संकायमा स्नातक (BBS) अध्ययन पूरा गर्नुभएको छ। उहाँ एक व्यावसायिक मेकअप आर्टिस्ट हुनुका साथै गोजु रियु ओसिकाई करातेकी राष्ट्रिय रेफ्रीसमेत हुनुहुन्छ। हाल उहाँ Hilton Rooftop Restaurant and Bar सञ्चालन गरिरहनु भएकाे छ।
नेतृत्व यात्रा तथा उपलब्धिहरू
जेसीज अभियानमा उहाँको यात्रा सन् २०२२ मा इमाडोल जेसीजको साधारण सदस्यका रूपमा सुरु भएको थियो। निरन्तर सक्रियता, लगनशीलता र नेतृत्व क्षमताका आधारमा उहाँले विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आउनुभएको छ।
- २०२२: इमाडोल जेसीजको साधारण सदस्यका रूपमा जेसीआई अभियानमा प्रवेश।
- २०२३: इमाडोल जेसीजको उपाध्यक्ष पदमा रही जिम्मेवारी निर्वाह। सोही वर्ष Star Member of the Year Award प्राप्त।
- २०२४: इमाडोल जेसीजको महासचिव (Secretary General) पदमा रही नेतृत्व प्रदान गर्दै कृतिपुर जेसीजकाे आतिथ्यता सम्पन्न एरिया ‘सी’ सम्मेलनमा Energetic Communication Secretary General Award प्राप्त गर्नुका साथै इटहरी जेसीजकाे आतिथ्यता सम्पन्न नेपाल जेसीजकाे ५१औँ राष्ट्रिय महाधिवेशनमा Secretary General for Good Fellowship Award प्राप्त गर्नुभयाे ।
- २०२५: जेसी इमाडोलको अध्यक्ष पदमा रही संस्थाको नेतृत्वगर्दै वर्षको २०२५ जेसीआई एसिया प्यासिफिक सम्मेलनमा Star Local President ( First Half)बाट सम्मानित,नेपाल जेसीजकाे एरिया ‘सी’ सम्मेलन, जेसीआई थानकोटको आतिथ्यतामा आयोजित कार्यक्रममा Best Multi-Chapter Event Award बाट सम्मानित,ट्युनिसिया, ट्युनिसमा मा सम्पन्न जेसीआई विश्व महाधिवेशनमा Star Local President (Second Half) बाट सम्मानित साथै
नेपाल जेसीजकाे ५२औँ राष्ट्रिय महाधिवेशनमा, जनकपुरमा LOM का लागि Zenith Empowerment Gold Award बाट सम्मानित हुनुभएकाे थियाे । - २०२६: जेसीआई नेपालद्वारा राष्ट्रिय प्रायोजन तथा साझेदारी (National Sponsorship and Partnership) एरिया ‘सी’ संयोजकमा नियुक्त।
अनुभव, उपलब्धि र नयाँ नेतृत्वको संकल्प
साधारण सदस्यबाट सुरु भएको उहाँको यात्रा उपाध्यक्ष, महासचिव, स्थानीय अध्यक्ष हुँदै राष्ट्रियस्तरको संयोजकसम्म आइपुगेको छ। स्थानीय, राष्ट्रिय, एसिया प्यासिफिक तथा अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त सम्मान र उपलब्धिहरूले उहाँको नेतृत्व क्षमता, निरन्तरता र संस्थाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
जेसीआई नेपाल २०२७ को राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गर्दै उहाँले संस्थाको सुदृढीकरण, प्रभावकारी नेतृत्व विकास, संस्थागत साझेदारी विस्तार तथा सदस्यहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्याउने लक्ष्यसहित आफ्नो आगामी नेतृत्व यात्रा अघि बढाउनुभएको छ।
इमाडोल जेसीजले आफ्नो प्रतिनिधिका रूपमा जेसी सृजना श्रेष्ठलाई नेपाल जेसीज वर्ष २०२७ को राष्ट्रिय उपाध्यक्ष पदका लागि गौरवका साथ प्रस्तुत गरेको छ।



