सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १०० रुपैयाँले बढेर ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला ५३४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



