ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्न थालेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको नेपालको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

यसअघि आइतबार पनि १८ हजार ८०० रुपैयाँले घटेर सुन प्रतितोला ३ लाख रुपैयाँमा काराेबार भएकाे थियो । यस्तै शुक्रबार पनि तोलामा २० हजार ५०० रुपैयाँ घटेको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार ५ हजार ५०० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्