पाडाजुङ्गीमा एसियन पेन्टस्को आधिकारिक बिक्रेता ‘दिल बिजुली भण्डार’ सञ्चालनमा
कमल । झापाको कमल गाउँपालिकास्थित पाडाजुङ्गीमा एसियन पेन्टस्को आधिकारिक बिक्रेता ‘दिल बिजुली भण्डार’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। सोमबार आयोजित एक विशेष समारोहका बीच दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंले पसलको उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरागाईंले स्थानीय स्तरमै प्रतिष्ठित ब्रान्डको आधिकारिक सोरुम खुल्नुले उपभोक्तालाई सहजता पुग्नुका साथै स्थानीय व्यापार तथा अर्थतन्त्र चलायमान बनाउन टेवा पुग्ने बताउनुभयो। उहाँले व्यवसायको सफलताको शुभकामना दिँदै गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो।
प्रेमबहादुर कार्की प्रोप्राइटर रहनुभएको यस भण्डारबाट ग्राहकहरूले एसियन पेन्टस्का सम्पूर्ण गुणस्तरीय, आधुनिक तथा विविध रङहरू सुपथ मूल्यमा सहज रूपमा प्राप्त गर्न सक्ने जनाइएको छ।
बढ्दो सहरीकरणसँगै घर तथा भवन निर्माणमा रङको माग बढिरहेको सन्दर्भमा गुणस्तरीय उत्पादन र भरपर्दो सेवासहित पसल सञ्चालनमा ल्याइएको सञ्चालक कार्कीले जानकारी दिनुभयो। यस भण्डारले पाडाजुङ्गी तथा आसपासका क्षेत्रमा रङको बढ्दो मागलाई सहज रूपमा पूर्ति गर्ने विश्वास स्थानीय उपभोक्ता तथा व्यवसायीहरूले लिएका छन्।



