तेह्रथुममा नेपाली कांग्रेसका सुब्बा विजयी
तेह्रथुमः प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन्। सुब्बाले ११ हजार ५ सय ६१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भानुभक्त ढकाललाई ८ सय ७९ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। एमालेका ढकालले १० हजार ६ सय ८२ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७ सय ३७ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बूले ५ हजार २ सय मत पाएका छन्।



