गौरादहमा स्मार्ट एजुकेशन (स्मार्ट बारिस्ता एण्ड कम्युटर तालिम) केन्द्र सञ्चालमा
गौरादह – झापाको गौरादहमा स्मार्ट एजुकेशन (स्मार्ट बारिस्ता एण्ड कम्युटर तालिम) केन्द्र सञ्चालमा आएको छ ।
गौरादह–१ डिपु चौकमा तीन जना उद्यमी व्यवसायीहरु फणीन्द्र दाहाल, पेशल बराल र तीर्थ खतिवडाले संयुक्त लगानीमा सो संस्था सञ्चालनमा आएको हो । संविधान सभा सदस्य दीपक कार्कीको प्रमुख आतिथ्यमा संस्थाको औपचारिक उदघाटन गरिएको थियो ।
उदघाटन कार्यक्रममा गौरादह नगरपालिका प्रमुख छत्रपति सुवेदी, गौरादह बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा शैक्षिक व्यक्तित्व भोजराज दाहाल, ज्योति माविका सहायक प्रधानाध्यापक नारायण बस्नेत, गौरादह जेसीज वर्ष २०२४ का अध्यक्ष खड्ग बहादुर थापा, गौरादह प्याब्सन अध्यक्ष तथा विद्योदय शिशु सदनका प्रिन्सिपल बाबुराम तिम्सिना, गौरादह जेसीज वर्ष २०२६ का अध्यक्ष धुव्रचन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता स्मार्ट एकेडेमीका सञ्चालक फणिन्द्र प्रसाद दाहालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन गौरादह जेसीज वर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष सितल अधिकारीले गर्नुभएको थियो ।





