कमल प्याब्सनद्धारा नृत्य तथा गायन प्रतियोगिता कार्यक्रम सम्पन्न
कमल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कमलद्वारा आयोजित पालिका स्तरीय नृत्य तथा गायन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
कमल–३ स्थित निहारीकाअंग्रेजी विद्यालयको प्राङ्गणमा बिहिबार सम्पन्न भएको गायन तथा नृत्य प्रतियोगितामा ११ वटा विद्यालय सहभागी रहेका थिए । प्रतियोगितामा क्लासिकल नृत्य तर्फ प्रथम निहारीका अंग्रेजी विद्यालय, कमल–३, दोस्रो सनसाइन बोर्डिङ स्कूल, कमल–६ र तृतीय फोनिक्स बोर्डिङ स्कूल, कमल–४ भएको छ ।
त्यसैगरी साँस्कृतिक नृत्य तर्फ प्रथम निहारीका अंग्रेजी विद्यालय कमल–३, दोस्रो साउथपोल बोर्डिङ स्कूल कमल–६, र तृतीय फोनिक्स बोर्डिङ स्कूल कमल–४ भएको कमल प्याब्सनका सचिव त्रिलोचन गौतमले जानकारी दिनुभयो ।
त्यस्तै १२ वर्ष माथिको गायन तर्फ प्रथम साउथपोल बोर्डिङ स्कूल कमल–६, दोस्रो स्टार बोर्डिङ स्कुल कमल–५ र तृतीय पाथिभरा बोर्डिङ स्कूल कमल–२ तथा १२ वर्ष मुनि गायन तर्फ प्रथम एभरग्रिन एकेडेमी कमल–७, दोस्रो निहारीका बोर्डिङ स्कूल कमल–३, तृतीय फोनिक्स बोर्डिङ स्कूल कमल–४ भएको कमल प्याब्सन सचिव गौतमले जानकारी दिनुभयो ।
कमल प्याब्सनका अध्यक्ष दिपक संग्रौलाको अध्यक्षतामा भएको नृत्य तथा गायन प्रतियोगिता कार्यक्रममा प्याब्सन कोशी प्रदेशका सचिव गौरीमान फागो, प्याब्सन जिल्ला समिति सदस्य युवराज बराल, प्रमुख सल्लाहकार बदिराम राई, सदस्य जिवयसेन थापाका साथै प्याब्सनका केन्द्र, प्रदेश, जिल्ला र गाउँसमितिका पदाधिकारी र प्रतिनिधिहरुका साथै विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।



