सुरुङ्गा जेसीज वर्ष २०२६ को अध्यक्षमा जेसी मेनुका उप्रेती (शिवाकोटी) निर्वाचित
झापा, २६ मंसिर । झापाको कनकाई नगरपालिकामा रहेको सुरुङ्गा जेसीजले वर्ष २०२६ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
सुरुङ्गा जेसीजको १८ औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट वर्ष २०२६ को लागि अध्यक्षमा जेसी मेनुका उप्रेती (शिवाकोटी) निर्वाचित भएकी छिन् ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षहरुमा जेसी खुस्वु पौडेल (तिम्सिना) र जेसी पुर्णकुमार नेवार (श्रेष्ठ) निर्वाचित भएका छन् ।
त्यस्तैगरी उपाध्यक्षहरुमा जेसी अनिल पोख्रेल, जेसी रोहित शिवाकोटी, जेसी बिद्या खड्का र जेसी अर्विट कडरिया निर्वाचित भएका छन्, भने जनसम्पर्क अधिकारीमा जेसी भिम राजवंशी र तालिम निर्देशकमा जेसी सुस्मिता बाँस्तोला (दाहाल) निर्वाचित भएका छन् ।



