जेसीआई हेटौडा लेडी वर्ष २०२६ को अध्यक्षमा जेसी नम्रता श्रेष्ठ निर्वाचित
हेटौडा, १४ मंसिर । मकवानपुरको हेटौडा उपमहानगरपालिकामा रहेको जेसीआई हेटौडा लेडीले वर्ष २०२६ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
जेसीआई हेटौडा लेडीको वर्ष २०२६ को लागि अध्यक्षमा जेसी नम्रता श्रेष्ठ निर्वाचित भएकी छन् ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षहरुमा जेसी दिप्ती अधिकारी र जेसी जेसीकुशु पन्डित निर्वाचित भएकी छन् ।
त्यस्तैगरी उपाध्यक्षहरुमा जेसी समिरा परियार, जेसी सृष्टि चौलागाई, जेसी सन्जिता घलान र जेसी चन्दकला सिंह निर्वाचित भएको जेसीआई हेटौडा लेडी वर्ष २०२५ की अध्यक्ष जेसी अस्मिता न्यौपानेले जानकारी दिनुभयो ।



