कमल बाल सञ्चालद्धारा बालबालिकाहरुलाई जिवन उपयोगी सिप तालिम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमल बाल सञ्चालको आयोजनामा भएको बालबालिकाहरुलाई जिवन उपयोगी सिप तालिम सम्पन्न भएको छ ।

कार्यक्रम आज (शनिबार) कमल गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । दुई दिने तालिम कार्यक्रममा नेपाल जेसीजका प्रमुख प्रशिक्षक नारायण बस्नेत प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा कमल गाउँपालिकाभरीका सामुदायिक विद्यालयका बाल क्लबका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

उक्त तालिम कार्यक्रमको अध्यक्षता कमल बाल क्लबकी अध्यक्ष ले गर्नु भएको थियो भने कार्यक्रमको विशेष अतिथि कमल गाउँपालिका महिला तथा बालबालिका शाखाकी शाखा प्रमुख रीता कार्की रहनु भएको थियो । कार्यक्रमको सञ्चालन कमल बाल सञ्जालका सचिवले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्