पेट्रोल र डिजलको भाउ बढ्यो

काठमाडौँ :  नेपाल आयल निगमले आज मध्य रातदेखि लागू हुने गरी पेट्रोल र डिजेलको भाउ बढाएको छ।

निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ भाउ बढाएको छ। भारतबाट भाउ बढेर आएकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ।

काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेल १४७ रुपैयाँ कायम भएको छ।

यसैगरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको भाउ १५८.५० रुपैयाँ र डिजेल १४४.५० रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा पेट्रोलको दाम १६० रुपैयाँ र डिजेलको १४६ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्