कमलनगर जेसीजद्वारा नवप्रर्वतनः अन्तरक्रिया तथा कोष संकलन कार्यक्रम सम्पन्न

कमल, २१ असार – झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजको आयोजनामा आज (शनिवार) केर्खामा नवप्रर्वतनः अन्तरक्रिया तथा कोष संकलन कार्यक्रम सम्पन्न भएको छ ।

कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीको अध्यक्षता तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनको प्रमुख आतिथ्यतामा नेपालको लागि नवप्रर्वतन तथा कोष संकलन कार्यक्रम सम्पन्न भएको हो ।

कमल-३ केर्खामा भएको कार्यक्रममा कमल गाँउपालिका वडा नं. १ का वडा अध्यक्ष तथा कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी केदार कटुवालले स्वागत मन्तव्य राख्नुका साथै कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्नु भएको थियो ।

त्यसैगरी वर्ष २०२१ का अध्यक्ष जेसी छत्रपति खनाल (गोपाल)ले डा. महाविर पूनद्धारा लिखित पूस्तक खरिदको शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा कमलनगर जेसीजका निर्वतमान अध्यक्ष जेसी देवीप्रसाद दाहाल, वर्ष २०२० का अध्यक्ष जेसी हेम दाहाल, वर्ष २०२२ का अध्यक्ष जेसी नारायण बस्नेत, आजिवन सदस्यहरू राजन बहादुर ढुङ्गाना, उमानाथ भण्डारी, कमलनगर जेसीजका वर्ष २०२५ का बोर्डका पदाधिकारीहरु, संयोजकहरु, सदस्यहरू, समाजसेवी, टोलविकास संस्थाका प्रतिनिधि, बजार व्यवस्थापनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम कमलनगर जेसीज वर्ष २०२५ का महासचिव जेसी विद्या सापकोटा (मिलन)ले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्