कमलमा संस्थागत विद्यालयहरुका लागि ईमिस तथा मूल्याङ्कन सम्बन्धि तालिम सम्पन्न
कमल, २१ बैशाख । झापाको कमल गाउँपालिकामा संस्थागत विद्यालयहरुका लागि ईमिस तथा मूल्याङ्कन सम्बन्धि २ दिने तालिम सम्पन भएको छ।
कमल गाउँपालिका वडा नं. ३ स्थित निहारीका अंग्रेजी बोर्डिङ स्कूल, केर्खाको सभाहलमा उक्त तालिम सम्पन्न भएको हो। उक्त कार्यक्रमको अध्यक्षता कमल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सूर्य प्रसाद न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कमल गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक रबिन गौतमले गर्नुभएको थियो ।
उक्त तालिममा २३ संस्थागत विद्यालयका गरी करिब २५ जना शिक्षकहरुको सहभागिता रहेको थियो। यस तालिममा विद्यालयले भोग्नु परेका विभिन्न ईमिस सम्बन्धिका समस्याहरु र विशेषगरी विद्यालयमा भर्नुपर्ने ईमिसको समस्यालाई समाधान गर्नेका लागि तथा आन्तरिक मुल्याङ्कन अन्तर्गत कक्षा १-१० का बिषयहरुको मूल्याङ्कन, कार्यसञ्चकिया लगायतका विषयमा तालिम सञ्चालन गरिएको कमल गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक रबिन गौतमले बताउनु भयो ।
ईमिस तालिमको प्रशिक्षण प्रशिक्षक नारायण भट्टराईले गर्नुभएको थियो भने मूल्याङ्कन सम्बन्धिको तालिम प्रशिक्षक कमल भट्टराईले गर्नुभएको थियो ।
उक्त तालिमको आयोजना कमल गाउँपालिका शिक्षा, युुवा तथा खेलकुद शाखाले सञ्चालन गरेको हो भने तालिम बैशाख २० गतेदेखि २१ गतेसम्म सञ्चालन भएको थियो।







