ज्योति माध्यमिक विद्यालय गर्यो सतासीधाममा होली मिलन कार्यक्रम

कमल १ चैत : रङहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइएको छ । हिमाली एवं पहाडी जिल्लामा हिजै (बिहिबार) होली पर्व अर्थात फागु पूर्णिमा मनाइएको छ ।

यसैबीच, कमल गाउँपालिका–२, भुत्लुङ्ग स्थित श्री ज्योति माध्यमिक विद्यालयले आज (शुक्रबार) होली मिलन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा विद्यालयका शिक्षक तथा शिक्षिकाहरु, कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु बीच पूर्वको ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र सतासीधाममा विभिन्न रङका टिका लगाएर होली मनाएको हो ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको हो।

प्रतिक्रिया दिनुहोस्