कमलनगर जेसीजको ९ औं पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजको ९ औं पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम कमल–४ स्थित कमलनगर जेसीजको नवनिर्मित सभाहलमा शनिवार कार्यक्रम सम्पन्न भएको थियो ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमको पानसमा बत्ति वालेर उद्घाटन गर्नु भएको थियो ।
जेसीज वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष जेसी हरी अधिकारीको संयोजकत्व र कमलनगर जेसीज वर्ष २०२४ का अध्यक्ष देबी प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जेसिजका पुर्व अध्यक्ष, आजिवन सदस्य, विभिन्न शाखाबाट आउनु भएका समकालिन, संघ सस्थाका प्रमुख तथा प्रतिनिधी लगायतलाई पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो ।
त्यस्तै बाँकी रहेका पदमा जेसीजको विधान अनुसार अध्यक्षले मनोनित गर्ने व्यवस्था भए बमोजिम महासचिवमा जेसी मिलन सापकोटा, कानुनि सल्लाहकार जेसी लोक बहादुर खड्का, कोषाध्यक्ष जेसी देबराज भण्डारी, सचिव जेसी पुन्य राय र प्रकरण निर्देशनमा जेसी विनु थापा चयन हुनुभएको कमल नगर जेसिजको सचिवालयले जनाएको छ ।
कार्यक्रम कमलनगर जेसीज वर्ष २०२४ मा महासचिव जेसी रोशन अधिकारी र वर्ष २०२५ का महासचिव जेसी मिलन सापकोटाले सञ्चालन गर्नु भएको थियो भने वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष जेसी हरी अधिकारीले शाब्दिक शब्दद्वारा स्वागत गर्नु भएको थियो ।






