सम्पादकीय : हामी फरक अनि भिन्न भएर आयौँ

कमल, २७ पौष : नेपाली राजनैतिक इतिहासमा होस् या नयाँ नेपालको कल्पना संगै जहानिया राणा शासनमा परिवर्तनका लागि संघर्ष गरेका नेपाल आमाका वीर सपूत अमर सहितहरु प्रती हार्दिक श्रदासुमन व्यक्त गर्दै आज कै दिनलाई साक्षी राख्दै नेपाली पत्रकारितामा नयाँ जोस नयाँ जागर नवीनत्म सोच र उच्च उमंगका साथ अनलाइन पत्रकारिताको माध्यमबाट गाउदेखि राष्ट्र हुदै बिदेशसम्मका लुकेका हराएका अनि बन्न नसकेका घटना बिचारहरुलाई उजागर गर्दै सत्य तथ्य निष्पक्ष रुपमा समाचारहरु आम मानिसहरु समक्ष पुर्याउने धृढ बिश्वास र संकल्पका साथ हामी www.dewtvonline.com को माध्यमबाट तपाईहरु माझमा जोडिन आएका छौ । नेपाली पत्रकारिताको इतिहास करिब सोर्स दशक भन्दा बढी देखिन्छ । विभिन्न काल खण्डपार गर्दै अहिलेको नयाँ नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भएको छ । नेपालको संबिधान २०७२ मा आम नेपाली नागरिकहरुले सुचनाको पहुँचबाट कहिलै पनि बन्चित हुननपर्ने हकको सुनिश्चित गरेको छ । हामी त्यही संबिधानको मर्मलाई आत्मसात गर्दै आवाज बिहिनको आवाज बन्दै आम नागरिकको सूचनाको सहयात्री बन्न चाहान्छौ ।

डिउ टिभि अनलाइन डटकम अनलाइनको माध्यमबाट नेपाली पत्रकारिताको यो इतिहासमा एउटा नयाँ आयाम थपदै बिस्वस्नियता र भरपर्दो सुचनाको संबाहक बन्ने छौ भन्ने हाम्रो बिश्वास छ । सस्तो लोकप्रियताको आशमा बिना तथ्य र अपवाह फैलने कुनै पनि विषय घटना र कुराको सम्प्रेषण गर्ने छैन डिउ टिभि अनलाइन डटकमले त्यस अर्थमा पनि हामी भिन्न र फरकधारको खोज र मिसन पत्रकारिता गर्ने छौ ।

हामी समाचार कै माध्यमबाट कुनै पनि अख्तियार सम्पन्न निकायलाई जनताको पक्षमा जवाफदेही हुन स-सम्मान आग्रह गर्ने छौ भने अनियमितता भ्रष्टाचार र जनपक्षको बिपरितमा भैइ आएका र हुन लागेका कुनैपनि कुराको खुलेर निष्पक्ष सत्य तथ्य निस्वार्थ बिरोध र खबरदारी गर्नेछौ ।

सुदुरपुर्बको कमल गाउँपालिकाबाट उदय भएको यो अनलाइन आम नेपाली जनमानसमा बिस्वस्नियताको प्रतीक हुने कुरामा हामी ढुक्क छौ । नेपालको संबिधानले सुनिश्चित गरेका कुरालाई हामी सधै सम्मान गर्ने छौ भने बन्देज गरेका विषय हाम्रो चासोको बिसय हुने छैन । डिउ टिभि अनलाइनलाई श्रब्य/दृश्यको माध्यमबाट सम्प्रेषण गर्नु नै हाम्रो मेहनत धर्म कर्म र जवाफदेहीता रहने छ । यो अभियानमा तपाईं हामी सबै सधै संगै रहने छौ, धन्यवाद।।।

–सम्पादकीय

प्रतिक्रिया दिनुहोस्