रेडियो तीनजुरे बसन्तपुरको बार्षिक साधारण सभा सम्पन्न
तेह्रथुम । तेह्रथुमको बसन्तपुरमा रहेको तीनजुरे सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडद्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो तीनजुरे १०३.८ मेगाहर्जको बार्षिक साधरणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
लालीगुराँस नगरपालिका वडा नं. २, बसन्तपुरमा रहेको रेडियो तीनजुरेको बार्षिक साधरणसभा तथा अधिवेशनको प्रमुख अतिथि छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्वु (सन्तोष)ले उद्घाटन गर्नुभएको थियो । भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तथा पुर्व मन्त्री लक्ष्मण तिवारी रहनु भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मण तिवारीले रेडियोमा अहिलेसम्म भएको आमदानी र खर्च विवरण समेटिएको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभयो । अध्यक्ष तिवारीले ८५ लाख ९० हजार ५ सय १८ रुपैँया बरावरको आमदानी खर्च विवरण सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा रेडियो सञ्चालनमा आएपछि पहिलो विज्ञापन दिएर रेडियोमा व्यवसायिक विज्ञापनको सुरुवात गरिदिने भुजेल सेवा समाज जिल्ला कार्यसमिति तेह्रथुम, निरन्तर रेडियो सुनेर सल्लाह सुझाव दिईरहने लालीगुराँस नगरपालिका वडा नं. २, बसन्तपुरका ८४ बर्षिय उदय वहादुर खड्का, रेडियोमा निरन्तर कार्यक्रम प्रायोजन गरी सहयोग गर्ने तीनजुरे मिडिया ग्रुप प्रवास नेपाल प्रा.लि., पुर्व कर्मचारीहरु नुमा माबोहाङ, मनिषा गिरी हाल रेडियोमा कार्यरत उत्कृष्ट कर्मचारीहरु किरण कार्की र विकास गुरुङ कार्यक्रममा सम्मानित भएका थिए ।
सभाले एकजना नयाँ सदस्य थप गर्दै पुरानै कार्यसमितिलाई आगामी कार्यकालको लागि निरन्तरता दिएको छ । आगामी कार्यकालका लागि अध्यक्षमा लक्ष्मण तिवारी, उपाध्यक्षमा छत्र प्रसाद रिमाल, सचिवमा चन्द्र कार्की, सहसचिवमा कृष्ण प्रसाद गौतम र कोषाध्यक्षमा कल्पना पौडेल चयन भएका छन् । त्यस्तै प्रकाश श्रेष्ठ, हेमराज अधिकारी, जीत वहादुर भुजेल र देवका वस्नेत आगामी कार्यकालका लागि सदस्य पदमा चयन भएका छन् ।
त्यस्तै साधरण सभापछि बसेको सञ्चालक समिति बैठकले रेडियो तीनजुरे १०३.८ मेगाहर्जको स्टेशन मेनेजरमा विकास गुरुङलाई नियुक्त गरेको छ ।



