कमलको सरङ्गपाडामा बृहत बहुसाँस्कृतिक दशै मेला सम्पन्न (फोटो फिचर सहित)
कमल, २ कात्तिकः झापाको कमल गाउँपालिका वडा नं. १ स्थित सरङपाडामा बृहत बहुसाँस्कृतिक दशैं मेला सम्पन्न भएको छ ।
बिहिबार सम्पन्न उक्त मेलामा सन्थाल जातिको आफ्नो पहिचान झल्कने सन्थाल नाच, लिम्बु जातिको च्याब्रुङ नाच र महिलाहरुको नौमति बाजाको प्रस्तुति रहेको थियो ।
कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी) प्रमुख अतिथि रहनुभएको कार्यक्रममा विशिष्ट अतिथिहरुमा कमल गाउँपालिका वडा नं. १का वडा अध्यक्ष केदार कटुवाल रहनुभएको थियो ।
मेलामा उत्कृष्ट हुने सन्थाल नृत्य सुरज लेवेर सन्थाल क्लब सिवसताक्षीको समुहलाइ नगद रु २५,००० र प्रमाण पत्र, कमल–३ बाट लिम्बु साँस्कृतिक च्याब्रुङ टोली र गौरीगञ्ज गाउँपालिका वडा नं. १ बाट झोलुङ्गे नौमति बाजा महिला समुहलाई नगद रु १२/१२ हजार र प्रमाण पत्र प्रदान गरिएको सरङपाडा बजार ब्यवस्थापन समितिका अध्यक्ष तथा मेला ब्यवस्थापन संयोजक लोक बहादुर खड्काले जानकारी दिनुभयो ।













