नरेन्द्र जनता माविमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राया सर्वसम्मत चयन
कमल । झापाको कमल गाउँपालिकामा रहेको श्री नरेन्द्र जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
कमल–१, सरङपाडामा अवस्थित उक्त विद्यालयमा शुक्रबार बसेको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुण्य राया सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मन्जु गड्तौला, मेनुका तामाङ, रबिन्द्र कार्की, मन्जुल बस्नेत, टिकादेवी कार्की, केदार कटुवाल (वडा अध्यक्ष) पदेन सदस्यमा चयन भएका छन् ।
त्यसैगरी शिक्षक प्रतिनिधिमा सिताराम घिमिरे चयन हुनु भएको छ भने सदस्य सचिवमा प्रधानाध्यापकका बद्री कार्की चयन हुनु भएको छ ।
त्यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा फणिन्द्र भन्डारी सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा दुर्गा अधिकारी, मनिका मुर्मु, सीता न्यौपाने, तारामुनी मिस्त्री, तुलसा मिस्त्री, बाबुराम पराजुली, केदार पोख्रेल, दुर्गा शिवाकोटी र शिक्षक प्रतिनिधिमा राम कुमार बस्नेत चयन हुनु भएको छ ।






