कमलनगर जेसीजद्धारा राहत वितरण कार्यक्रम सम्पन्न
कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजको जेसीज सप्ताह अन्तर्गतको तेस्रो कार्यक्रम शुक्रबार राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
कमल–३, केर्खा बजार स्थित शारीरिक रुपले पुर्ण अशक्त ५ बर्षिय नवराज ताजपुरियालाई कमलनगर जेसीजबाट राहत वितरण गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)ले राहत सामाग्री वितरण गर्नु भएको थियो।
कार्यक्रममा कमलनगर जेसीजका पूर्व अध्यक्ष तथा कमल–१ का वडा अध्यक्ष केदार कटुवाल, कमलनगर जेसीजका पूर्व अध्यक्ष हेम बहादुर दहाल, कमलनगर जेसीजका पूर्व अध्यक्ष तथा वर्ष २०२४ का अध्यक्ष सल्लाहकार नारायण बस्नेत, कमलनगर जेसीज आजिवन सदस्य उमानाथ भण्डारी, कमल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल थापा, सहारा नेपाल साकोस केर्खाका शाखा प्रमुख बिकास गिरी लगायतको उपस्थिति रहेको थियो।
कमलनगर जेसीज वर्ष २०२४ का अध्यक्ष देवीप्रसाद दाहाल प्रथम महिला निशा दाहलले संयुक्त रुपमा उक्त परिवारका सदस्यहरुलाइ एक–एक सेट लुगा समेत प्रदान गर्नुभएको थियो । कमलनगर जेसीज वर्ष २०२४ का अध्यक्ष देवीप्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम सप्पन्न भएको थियो । उक्त राहत कार्यक्रमको संयोजक कमलनगर जेसीज वर्ष–२०२४ का उपाध्यक्ष भुमिका चापागाई रहनु भएको थियो । जेसिज सप्ताह अन्र्तगत यो तेस्रो कार्यक्रम रहेको कमलनगर जेसिज बर्ष २०२४ का महासचिव रोशन अधिकारीले जानकारी दिनुभयो । जेसिजले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ ।








