लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा निरौला निर्वाचित

कमल । झापाको कमल गाउँपालिकामा रहेको लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा डम्बर बहादुर निरौला निर्वाचित भएका छन् ।

नेकपा एमाले, राप्रपा र जसपाको समेत संयुक्त टिमबाट एमालेका डम्बर बहादुर निरौला अध्यक्षको उम्मेद्वार थिए । उनलाई एमालेकी विद्रोही उम्मेद्वार उषा भण्डारीले मतगणनाको अन्तिम समय सम्म टक्कर दिएकी थिइन् ।

भण्डारीले ७२१ ल्याउँदा निरौला ९५१ मत ल्याएर विजयी बनेका हुन् । उपाध्यक्षमा पनि सोही प्यानलका गंगा प्रसाद पाण्डे ९२२, सचिवमा हरि प्रसाद घिमिरे ९५२ र सह–सचिवमा धन कुमारी राई १३९६ मत ल्याएर निर्वाचित भएका छन् ।

क्षेत्र १ बाट भिम कार्की र कमला राई गुरुङ बिजयी भए भने क्षेत्र २ बाट ईश्वर बुढाथोकी र लोबिता राई विजयी भएका छन् । क्षेत्र ३ बाट नीर बहादुर श्रेष्ठ, क्षेत्र ४ बाट दुर्गाप्रसाद पराजुली, क्षेत्र ५ बाट राजकुमारी कुरुम्बाङ र टंक चापागाइँ विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्