म झोले कि तपाईं अराजक महोदय
निरोज खड्का
हिजोआज हामी देख्छौ कि कुनै पनि राजनैतिक दलका कायँकताँलाई खुब झोले भनेर खुईल्याईन्छ। यसरी खुईल्याउदा कतिलाई त धेरै मजा नै आउदोहोला। फलना त यो पाटीँको झोले, ढिस्कना त त्यो पाटीँको झोले………आदि आदि। झोले अथाँत कुनै अमुक स्वतन्त्र नामधारी नेताको झोला बोकेर हिडने पनि त सबै झोले हैनन् र महोदय? जीवनमा कठिन भन्दा कठिन अबस्थामा पनि जनताको स्वतन्त्रता र न्यायको लागि कुनै पाटीँको झोला बोक्दैमा कसरी झोले भए? यदि पाटीँको शिदान्त र बिचारको झोला बोक्दा कुनै अमुक नेताले पाटीँ र आन्दोलनलाई नै धोका दिन पनि त सक्छ।त्यस्तो अबस्थामा पनि तो पाटीँको झोला बोकेर हिडने कायँकताँ आफ्नो शिदान्त र बिचारको रक्षाथँ पाटीँमा अन्तरसंघषँ पनि त गरिरहेको हुन्छ नि!
फेरि मैले यो लेखमा सबै पाटीँका कायँकताँ सबै नै राम्रो भन्न खोजेको पनि हैनन् है।तर यहाँ धेरै आफुलाई दल बाहिर सम्झनेहरुले तकँ बाट जित्न नसकेको अबस्थामा फलनाको झोले भनेर बहस नै अन्त्य गरिदिएका कयौ घटनाहरु देखेको छु। कयौ पाटीँका कायँकताँहरु कोहि पञ्चायत देखि त कोहि ०४६ साल, ०५२ साल , ६२/६३ साल देखि नै जनअधिकारका लागि लडिरहेका छन्। पाटी र शिदान्तको पछि लाग्दा लाग्दै नेतृत्वले धोका पनि दिएका छन्।आफू अगाडि नेतृत्वमा पुग्न पनि आफू भन्दा सिनियर मानेकाको कोपभाजनमा परेका वा आथिँक चलखेल गनँ नसक्दा नेतृत्वमा पुग्न नसकेको अबस्था छ। पाटीँ भित्र अन्तरसंघषँबाट पनि पछि परेका छन्। यदि उनिहरुले आफ्ना नेताले गरेका राम्रा कायँको समथँन गरेमा पनि झोलेको ट्रयाग लगाईदिएको पाईन्छ।
अब रहयो तपाईका कुरा, तपाईं आफुलाई स्वतन्त्र ठान्नुहुन्छ।जबकी निरपेक्ष स्वतन्त्र त कोहि हुदैनन् । स्वतन्त्र भएर हिडदा पाटीँमा झै नियम, पाटीँको बिधान, आचर संहिता मान्नु पदैन।जे मन लागो तै बोले भै हाल्छ।आफ्नो ब्यात्तिगत धारणा राख्ने हो भनेर जे बोले पनि भैहाल्यो।सतहि बुझेको भरमा अध्यान, चिन्तन मनन नगरी बोल्दा भैहाल्यो। के यसरी बोल्दा अराजक भईदैन र? अराजक भनेको जताततै घोचपेच गनुँ, मनोमानी बिचार राख्नु, पदती बाहिर रहेर आफ्ना कुरा राख्नु हो।समय र परिस्थिति नबुझिकन मनोमानी बोल्दा कयौ पटक सप्रदै गएको परिस्थिति बिग्रन्छ।
लोकतान्त्रिक शासनमा ब्यात्ति समुहको मातहतमा हुन्छ। समूह भनेको दल हो ।दलले गल्ति गदाँ असहज परिस्थितिमा पनि अन्तरसंघष गरेर बसेका कायँकताँलाई झोले भन्नेहरुले यो लोकतान्त्रिक गणतन्त्र ल्याउन कति बलिदानी तिनै झोले ले दिएका छन् भन्ने कुरा बिसिँदिएका छन्। उनिहरुलाई यो बेबस्था कसैको लहड र सनकले आयो जस्तो लागेको होला।



