प्रथम अधिवेशनबाट पर्यटन पत्रकार मञ्च झापाको नयाँ कार्यसमिति चयन
झापा । पर्यटन पत्रकार मञ्च झापाको प्रथम अधिवेशनबाट कमलप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। नवगठित कार्यसमितिले पर्यटन पत्रकारिताको विकास, पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन तथा पत्रकारहरूको क्षमता अभिवृद्धिका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा पुष्प बराल, सचिवमा हिमाल खरेल, सहसचिवमा तिलक योञ्जन तामाङ तथा कोषाध्यक्षमा चन्द्रप्रसाद बानियाँ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा प्रेमकुमार आचार्य, विष्णु श्रेष्ठ, पारसमणि आचार्य र टिकाराम बास्तोला रहेका छन्।
शनिबार बिर्तामोडमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन पर्यटन कार्यालयका प्रमुख छविलाल खतिवडाले गरेका थिए। कार्यक्रममा पर्यटन कार्यालयका अधिकृत निरज कट्टेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुब्रत न्यौपाने, नाट्टा कोशी प्रदेशका महासचिव नवीन खरेल, पर्यटन मञ्च झापाका अध्यक्ष उदय श्रेष्ठ, बिर्तामोड–३ का वडा अध्यक्ष मदन बुढाथोकी, सञ्चारकर्मी, पर्यटन व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



