लखनपुर स्वास्थ्य चौकीमा NTD Onsite Coaching कार्यक्रम सम्पन्न
कमल – झापाको कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको विशेष चासो र स्वास्थ्य क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धतासँगै आज लखनपुर स्वास्थ्य चौकीमा Neglected Tropical Diseases (NTD) सम्बन्धी Onsite Coaching कार्यक्रम सम्पन्न भएको छ।
कमल गाउँपालिका स्वास्थ्य शाखाको समन्वय तथा फेमेड (सहारा) नेपालको सहयोगमा आयोजित उक्त एक दिने कार्यक्रममा लखनपुर स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई NTD सम्बन्धी रोगको पहिचान, रोकथाम, उपचार व्यवस्थापन तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा लखनपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू तथा स्वास्थ्य शाखाका कर्मचारीको सहभागिता रहेको थियो। प्रशिक्षणका क्रममा NTD रोग नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, केस व्यवस्थापन तथा समुदायमा स्वास्थ्य सचेतना विस्तार गर्ने विषयमा सहजीकरण गरिएको फेयरमेड (सहारा नेपाल) को निखिता श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाभित्र स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा जनतालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहनुभएको छ।
यस कार्यक्रमले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि हुनुका साथै समुदायस्तरमा NTD रोग नियन्त्रण तथा न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।



