कमलमा नसर्ने रोगको पहिचान र ‘स्क्रीनिङ’ अभियान सम्पन्न
दमक – नसर्ने रोगको रोकथामका लागि समुदायस्तरमा प्रभावकारी संचेतना बढाउन झापाका विभिन्न पालिकाहरुमा अभियान सञ्चालन गरिएको छ ।
यसैवीच, कमल गाउँपालिकाको कार्यालयमा शुक्रबार स्वास्थ्य शाखाले नसर्ने रोगसम्बन्धि स्क्रीनिङ अभियानका बारेमा पत्रकारसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरको छ ।
नसर्ने रोग मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएकाले रोकथाम गर्ने उद्देश्यले कमल गाउँपालिकाको ७ वटै वडाहरुको टोलस्तरीय स्क्रीनिङ अभियान सञ्चालन गरिएको फोकल पर्सन अनमी प्रतिक्षा शाहले जानकारी दिइन् ।
पछिल्ला केही वर्षदेखि तीस वर्ष भन्दामाथि उमेर समूहकामा नसर्ने रोगको जोखिम बढ्दै गएको देखिएकाले स्क्रीनिङ अभियान सुरु गरिएको स्वास्थ्य शाखा कार्यालय प्रमुख दीपक दाहालले जानकारी दिए ।
दाहालका अनुसार अभियानमा उक्त उमेर समूहमा बीएमआई (बडी मास इन्डेक्स), उच्च रक्तचाप, मधुमेह तथा मृगौँलाको परीक्षण गरिएको छ । त्यसक्रममा स्वास्थ्य परीक्षण पश्चात नसर्ने रोगको पहिचान भएकालाई परामर्श गरिएको दाहालले बताए ।
अन्तरक्रिया कार्यक्रम कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिह राईको अध्यक्षताम सम्पन्न भएको थियो । अन्तरक्रियात्मक कार्यक्रममा पशु स्वास्थ्य शाखका प्रमुख दीपेन्द्र लामिछानेको सहभागिता थियो । सो क्रममा सहभागि सञ्चारकर्मीहरुले जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रममा वडास्तरीय र टोलस्तरीय समुदाय केन्द्रित नसर्ने रोगसम्बन्धि सचेतना र परिक्षण गरिएको गाउँपालिकाकी फोकल पर्सन शाहले जानकारी गराईन् । सो क्रममा शाहले नसर्ने रोग न्यूनीकरण हुने अपेक्षा गरिन् ।



