कमलनगर जेसीजका संस्थापक अध्यक्ष रुप नारायण न्यौपाने मृत फेला

दमक – दमकस्थित एक युवा व्यवसायी रुप नारायण न्यौपाने शंकास्पद अवस्थामा मृत फेला परेका छन्।

सडक विभाग कार्यालय अगाडि होलसेल बिजुली पसल सञ्चालन गर्दै आएका न्यौपाने गौरीगन्ज गाउँपालिका–१ स्थित सिमा प्रहरी बेस क्याम्प पूर्वतर्फको बगान क्षेत्रमा हिलाम्मे शरीरसहित सानो रुखको हाँगामा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीले शवको कानुनी मचुल्का उठाएर पोष्टमार्टमका लागि परिवारलाई जिम्मा दिएको जनाईएको छ । मृतक न्यौपाने कमलनगर जेसीजका संस्थापक अध्यक्ष समेत रहेका थिए। स्व. न्यौपानेका श्रीमती र दुई छोराका साथ दमक ६ स्थित देवकोटा चौंकमा बस्दैआएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्