जेसीआई नेपाल फाउण्डेसनको अध्यक्षमा विष्णु बराल
कमल । जेसीआई नेपाल फाउण्डेसनको साधारणसभा सोमबार सम्पन्न भएको छ ।
साधारणसभाबाट अध्यक्षमा नेपाल जेसीजका पुर्व राष्ट्रिय महासचिव तथा धरान जेसीज २००७ का शाखा अध्यक्ष विष्णु बराल निर्विरोध निर्वाचित हुनु भएको छ ।
त्यस्तै उपाध्यक्षहरुमा विष्णु लम्साल, वसन्त नारायण भोछिभोया, विजय कार्की र विष्णु होरिजन, सचिवमा सुमनकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा विमला सुवेदी कार्की र सह–सचिव सुभाष पोख्रेल निर्वाचित भएका छन् ।
त्यस्तैगरी निर्देशकहरुमा देवेन्द्र कार्की, रामचन्द्र गौतम, पुष्पराज भट्टराई र सरस्वति खड्का निर्वाचित भएका छन् ।



