नारी दिवश (कविता)
स्वागत छ नारी दिवश तिमीलाई,
संस्कार सकाउँदै आउ,
स्वावलम्बी बनाउन नारीहरुलाई,
शिप र श्रृजना दिएर जाउ,
छपक्कै गहना र झिलमिले पहिरन हैन,
अनुशासन र इमान्दारिता दिएर जाउ,
स्वागत छ नारी दिवश तिमीलाई,
संस्कार सम्झाउँदै आऊ ।
जातजातिको विचमा विभेद छैन,
आत्मा सम्मान र अपनत्व भर्दै जाऊ,
नारी हक हितका निमित,
सद्भाव पस्किएर जाऊ,
शिक्षा र संस्कारको हतियार दिएर,
नारीमा साहास भर्दै जाऊ,
स्वागत छ नारी दिवश तिमीलाई,
मेलमिलापको संजिवनी भरेर जाऊ ।
✍️ कविः भिममाया उप्रेती, गौरादह–२, झापा ।



