कमलनगर जेसीजद्धारा होली मिलन कार्यक्रम सम्पन्न
कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
कमल-२, स्थित देवीचौनमा हिजो (मंगलबार) सम्पन्न होली मिलन कार्यक्रम अन्तर्गत होलीका रङ्गहरूसँगै मायाको स्पर्शः विशेष परिवारको घर रङ्गाउने यात्रा कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेपाल सरकारका सह-सचिव, कमल-१ निवासी मोहन घिमिरेको प्रमुख आतिथ्यतामा र कमलनगर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी देवराज भण्डारी (महेश)को अध्यक्षतामा साथै २०२६ का उपाध्यक्ष जेसी विशाल कार्कीज्यूको संयोजकत्वमा कमल-२ , देवीचौनमा रोज् पेन्ट्सको सहकार्यमा दिपक धिमालको घर रंगाएर सम्पन्न भएको छ।
कार्यक्रममा देवीचौन टोल विकास संस्थाका अध्यक्ष खेमराज रिमाल, नेपाल मानव धर्म सेवा समिति गौरादह शाखाका अध्यक्ष गंगा बहादुर कार्की, श्री ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र बस्नेत, कमलनगर जेसीजका पदाधिकारी तथा सदस्यहरु, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।



