कमलनगर जेसीजद्धारा सहिद दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

कमल, १६ माघ : झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा नेपालका वीर शहीदहरूको बलिदान र योगदानलाई स्मरण गर्दै सहिद दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

कमल–४ स्थित सिद्धार्थ चौकमा आज (शुक्रबार) सहिदहरुको सम्झनामा दीप प्रज्वलन गरी सहिद दिवस मनाइएको कार्यक्रमका संयोजक तथा कार्यकारिणी उपाध्यक्ष कमल कटुवालले जानकारी दिनुभयो ।

सो क्रममा वीर शहीदहरूको बलिदानलाई उच्च सम्मान गर्दै उपस्थित सम्पूर्णले एक मिनेटको मौन धारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। साँझको समयमा दीप प्रज्वलन गर्दा सिद्धार्थ चोक श्रद्धाञ्जलीपूर्ण प्रकाशले झलमल्ल बनेको थियो ।

उक्त कार्यक्रम कमल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष, कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष साथै कमलनगर जेसिज बोर्ड अफ टष्ट्रीका अध्यक्ष केदार कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

देशलाई अन्धकारबाट स्वतन्त्रताको उज्यालो तर्फ डोर्‍याउन आफ्नो प्राण आहुति दिने ज्ञात-अज्ञात शहीदहरूको सम्मानमा आयोजित उक्त कार्यक्रममा कमलनगर जेसीज २०२४ का अध्यक्ष देवी प्रसाद दाहाल, २०२२ का अध्यक्ष नारायण बस्नेत, २०२१ का अध्यक्ष छत्रपति खनाल, २०२२ का अध्यक्ष तथा वर्ष २०२६ का अध्यक्ष सल्लाहकार हेम दाहाल, २०२६ का बोर्डका पदाधिकारी, स्थानीयबासी लगायतको उपस्थित रहेको थियो ।

कमलनगर जेसीज २०२६ का अध्यक्ष देवराज भण्डारी (महेश)को अध्यक्षतामा रहेको थियो भने कार्यक्रमको सञ्चालन कमलनगर जेसीज २०२६ का महासचिव मनिषा कठायतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्