निर्वाचनबाट पनि मुलुकले सहज निकास पाउँदैनः भुसाल

दमक, १६ माघ – नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले आउँदो निर्वाचनपछि पनि मुलुकले सहज निकास नपाउने बताएका छन् ।

आज (शुक्रवार) विर्तामोडमा आयोजित पार्टीको जिल्लास्तरीय विस्तारित भेलालाई सम्बोधन गर्दै भुसालले यस्ताो बताएका हुन् ।

‘आगामी निर्वाचनबाट पनि देशले निकास पाउँदैन’ नेता भुसालले भने– ‘देश थप दुर्घटनातर्फ जान्छ ।’ ठूलै दुर्घटनामा देश डुब्ने खतरा छ ।

नेता भुसालले नोपलका पुराना र नयाँ पार्टीहरूको कार्यशैलीप्रति कडा आलोचना गर्दै ‘जेनजी’ आन्दोलनले दिएको सन्देशपछि पनि राजनीतिक दलहरू नसुध्रिएका टिप्पणी गरे । पुराना पार्टीहरूलाई ‘नालायक’ को संज्ञा दिँदै उनले थपे, ‘नयाँ पार्टीहरुको न कुनै विचार छ नत सिद्धान्त नै ।’

यसैबीच, सो भेलाले पार्टीको जिल्ला अध्यक्षमा श्रीप्रसाद मिश्रलाई निर्वाचित गरेको छ । मिश्र नेतृत्वको ४१ सदस्यीय जिल्ला कमिटीको सचिवमा अनिलदेव राई सर्वसम्मत निर्वाचित भएका छन् ।

सोही सोही भेलाले निर्मला बस्नेतको संयोजकत्वमा ११ सदस्यीय महिला संगठन सर्वसम्मत निर्वाचित गरेको छ । त्यस्तैं, ११ सदस्यीय विद्यार्थी संगठनको संयोजकमा मन्दिप बराइली र सचिवमा आयुस न्यौपाने निर्वाचित भएका छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक निलमणि बरालको अध्यक्षतमा भएको सो कार्यक्रममा स्वागत मन्तव्य हेमसागर सापकोटा र सन्चालन अनिलदेव राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्