कमलनगर जेसीजको १० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
कमल । झापाको कमल गाउँपालिकामा २०१५ मा स्थापना भएको कमलनगर जेसीजको १० औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिका वडा नं. ५, पाडाजुङी स्थित रोडस्टार पार्टी प्यालेसको सभाहलमा शनिबार कमलनगर जेसीजको १० औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गर्नु भएको थियो । गत पुस २७ गते सम्मपन्न ११ औं वार्षिक साधारण सभा बाट वर्ष २०२६का लागी नव निर्वाचित समितिलाई पद हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा जेसीजले सञ्चालन गरेका विभिन्न गतिविधिलाई सफता पुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने पूर्वअध्यक्ष, आजीवन सदस्य तथा विभिन्न कार्यक्रमका संयोजक लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
सोही अवसरमा कमलनगर जेसीजको निर्माणाधिन भवन निर्माणकालागी सहयोग स्वरुप नेपाल जेसीजबाट प्राप्त रु १ लाख रुपैयाको चेक वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीले भवन निर्माण समितिका संयोजक जेसी केदार कटुवाललाई हस्तान्तरण गर्नु भएको थियो ।
वर्ष २०२६ का लागि अध्यक्षमा जेसी देवराज भण्डारी (महेश), कार्यकारिणी उपाध्यक्षहरुमा जेसी कमल कटुवाल र जेसी प्रभात मण्डल, कानूनी सल्लाहकारमा जेसी हरी अधिकारी, महासचिवमा जेसी मनिषा कठायत र कोषाध्यक्षमा जेसी अर्चना कार्की निर्वाचित हुनुभएको निर्वाचन आयुक्त जेसी रिजु कार्कीले जानकारी दिनुभयो ।
त्यसैगरी उपाध्यक्षहरुमा जेसी विशाल कार्की, जेसी ऐश्वरा चौहान, जेसी भीम कुमारी बस्नेत (रन्जना) र जेसी शम्भु निरौला, त्यस्तै तालिम निर्देशकमा जेसी मिलन पौडेल, प्रकरण निर्देशकमा जेसी भुमिका चापागाईं, जनसम्पर्क अधिकारीमा जेसी डिजा घिमिरे र सचिवमा जेसी विजय खतिवडा निर्वाचित हुनुभएको निर्वाचन आयुक्त कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष, अजीवन सदस्य, छिमेकी पालिकाका समकालिन तथा पूर्वअध्यक्ष, कमल गाउँपालिका वडा अध्यक्ष, विभिन्न संघसस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व, विभिन्न विद्यालयका शिक्षक, स्काउट लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने वर्ष २०२५ का महासचिव जेसी विद्या सापकोटा (मिलन)ले सञ्चालन गर्नु भएको थियो त्यस्तै वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी मनिषा कठायतले शाब्दिक शब्दद्वारा स्वागत गर्नु भएको थियो ।



