अर्जुनधारा जेसीजको अध्यक्षमा विमला भट्टराई निर्वाचित
झापा । झापाको अर्जुनधारा नगरपालिमा रहेको अर्जुनधारा जेसीजको १२ औँ शाखा अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
अर्जुनधारा जेसीज वर्ष २०२६ का लागि अध्यक्षमा विमला भट्टराई चयन भएकी छन् । नयाँ कार्यसमितिअनुसार कार्यकारिणी उपाध्यक्षहरुमा प्रजित थापा र उज्वल खरेल चयन भएका छन्, भने महासचिवमा गौरव भण्डारी, कोषाध्यक्षमा रंजिता दुलाल र कानुनी सल्लाहकारमा रमेश विष्ट मनोनित भएका छन् ।



