नेपाल जेसीजको ५२ औं महाधिवेशन शुक्रबारदेखि जनकपुरमा सुरु हुँदै

जनकपुर : नेपाल जेसीजको ५२ औं महाधिवेशन शुक्रबारदेखि जनकपुरमा सुरु हुँदै छ । जनकपुरको तिरहुतीया गाछिमा महाधिवेशनका हुन लागेको हो ।

जेसीजको महाधिवेशन उद्घाटन जेसीआईका उपाध्यक्ष सुजुकीले गर्ने नेपाल जेसीजको अध्यक्ष रजनी थापाले जानकारी दिनुभएको छ । बिहीबार अपराह्न आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले महाधिवेशनको सबै तयारी पूरा भएको र महाधिवेशनले सन् २०२६ का लागि नयाँ नेतृत्व चयन गर्ने समेत जानकारी दिनुभएको छ ।

महाधिवेशनमा देशभरिका १७४ शाखाका ५ हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्