रमाइलो जेसीज वर्ष २०२६ को अध्यक्षमा जेसी खिलराज भट्टराई निर्वाचित

कमल, २२ मंसिर । मोरङको कानेपोखरी गाउँपालिकामा रहेको रमाइलो जेसीजले वर्ष २०२६ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

रतुवामाई जेसीजको नवौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट वर्ष २०२६ को लागि अध्यक्षमा जेसी खिलराज भट्टराई (पवन) निर्वाचित भएका छन् ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षहरुमा जेसी चुडामणि कोइराला (अर्जुन) र जेसी जमुना तिम्सिना निर्वाचित भएका छन् ।

त्यस्तैगरी उपाध्यक्षहरुमा जेसी महेश कटुवाल, जेसी अनिल परियार, जेसी ओम प्रकाश रिजाल र जेसी एलिस खड्का त्यस्तैगरी सचिवमा जेसी मनोज कार्की र जनसम्पर्क अधिकारीमा जेसी सिर्जना बुढाथोकी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्