शारदानगर जेसीज वर्ष २०२६ को अध्यक्षमा जेसी रमेश घिमिरे निर्वाचित
कमल, ३ मंसिर : चितवनको भरतपुरमा रहेको शारदानगर जेसीजले वर्ष २०२६ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
शारदानगर जेसीजको २७औँ वार्षिक साधारणसभा तथा २६औँ शाखा अधिवेशनबाट वर्ष २०२६ को लागि अध्यक्षमा जेसी रमेश घिमिरे निर्वाचित भएका छन् ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षहरुमा जेसी रमेश भुजेल र जेसी शोभिक अर्याल निर्वाचित भएका छन् ।
त्यस्तैगरी उपाध्यक्षहरुमा जेसी दिपक दवाडी, जेसी सुभद्रा अधिकारी खत्री, जेसी देवियानी क्षेत्री (अधिकारी) र जेसी पुनम मगर निर्वाचित भएको शारदानगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी लक्ष्मी के.सी खड्काले जानकारी दिनुभयो ।



