प्याब्सन कमलको आयोजनामा शिक्षण सिकाई सहजीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
कमल, २४, कार्तिक : झापाको कमल गाउँपालिकामा प्याब्सन कमलको आयोजनामा शिक्षण सिकाई सहजीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कमल-५, स्थित स्टार बोडिङ्ग स्कूल, पाडाजुङीको सभाहलमा आज (सोमबार) उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशेषगरी सामाजिक अध्ययन विषयको बारेमा तालिम प्रदान गरिएको थियो । कक्षा ८, ९ र १० मा सामाजिक अध्ययन विषयको आवश्यकता, अनि विशेषरी प्रश्न कसरी निर्माण गर्ने, प्रश्नका ढाँचा आदिका बारेमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक तथा लेखक नारायणप्रसाद खतिवडाले सहजीकरण गर्नुभएको थियो । तालिममा कमलका प्याब्सन / एन-प्याब्सनका गरी ३४ जना शिक्षकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता प्याब्सन कमलका अध्यक्ष दिपक संग्रौलाले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि प्याब्सन कोशी प्रदेश सचिव गौरीमान फागो रहनु भएको थियो ।
उक्त कार्यक्रमको आयोजना आशिष पुस्तक भण्डार, बागबजार काठमाडौैले गरेको थियो भने कार्यक्रमको मध्यस्तकर्ता साझा बुक्स बिर्तामोडले गरेको थियो । कार्यक्रमको सञ्चालन प्याब्सन कमलका सचिव त्रिलोचन गौतमले गर्नुभएको थियो ।





